मच्छिन्द्रले भुटानकाे पाराे एफसीलाई हरायाे

काठमाण्डाै । एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालकाे शहीद स्मारक ‘ए’ डिभिजन लिगकाे मच्छिन्द्र फुटबल क्लबले भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीलाई हराएकाे छ ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भएकाे खेलमा मच्छिन्द्रले पाराे एफसीलाई ३–२ गाेलले हरायाे । खेलमा शुरुवाती अग्रता लिए पनि मच्छिन्द्रले उत्कृष्ट पुनरागमन गर्दै अग्रता लिएकाे हाे ।

Advertisement

मच्छिन्द्रका लागि १२ अ‍ौँ मिनेटमा विमल घर्तीमगर, १५ औँ मिनेटमा आयुष घलान र ३९ औँ मिनेटमा ओलावाले आफिजले गाेल गरे ।

More News last news
Loading...