काठमाण्डाै । नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएकाे छ ।
आज बुधवारकाे बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएकाे हाे ।
एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे पनि संलग्नता रहेकाे भन्दै उहाँकाे राजीनामा पनि मागेकाे छ । अब अर्काे बैठक साउन १५ गते साेमवारका लागि बाेलाइएकाे छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
