निर्वाचन खर्च विवरण नबुझाउने २,४३५ उम्मेदवारलाई कारबाही (सूचीसहित)

काठमाडौं । निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ । खर्च विवरण नबुझाउने प्रतिनिधिसभाका एक हजार ३७ र प्रदेशसभातर्फका एक हजार ३९८ गरी दुई हजार ४३५ उमेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय पनि भएको छ ।

Advertisement

निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा सात दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना बापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय पनि भएको छ ।

More News last news
Loading...