काठमाडौं । पशुमा लाग्ने रोग लम्पी स्किन देशैभर महामारीका रूपमा फैलिरहेको छ । सातै प्रदेशमा लम्पी स्किनका कारण हजारौँ पशु सङ्क्रमित भएका छन् । तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन समेत रहेको छ ।
कोशी प्रदेशमा लम्पी स्किन रोगका कारण ४ हजार ८ सय १४ चौपाया मरेका छन् । पशुपन्छी तथा मत्स्य विकाश निर्देशनालयका अनुसार यो रोगबाट हालसम्म २ लाख १४ हजार ६ सय ४५ पशु प्रभावित भएको छ । लम्पीस्किनका कारण कोशी प्रदेशमा सवै भन्दा बढी २ लाख १२ हजार ८ सय गाईगोरु प्रभावित भएका छन् भने, १ हजार ८ सय ८८ राँगाभैसीमा संक्रमण देखिएको छ ।
पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय कोशी प्रदेशले लम्पी स्किन रोगको थप संक्रमण फैलिनबाट रोक्न प्रभावित स्थानहरुमा उपचारका लागि विज्ञ खटाएको र औषधीवितरण गरिरहेको जनाएको छ । निर्देशनालयले मन्त्रालयबाट प्रत्येक जिल्लाका विज्ञ केन्द्रलाई ५ देखि १० लाखसम्मको रकम पठाइसकेको जनाएको छ ।
मधेश प्रदेशमा पनि यो रोगबाट ५२ हजार ६ सय ८६ चौपाया प्रभावित भएको छ भने एक हजार ७ सय चौपाया मरेका छन् । मधेश प्रदेशका ८ जिल्ला मध्ये सवै भन्दा महोत्तरीमा यस रोगको प्रकोप देखिएको छ । भने सबैभन्दा कम प्रभाव पर्सा जिल्लामा देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जानकारी दिएको छ ।
बागमती प्रदेशका १३ जिल्ला ८३ हजार गाईवस्तुमा यो रोगको संक्रमण देखा परेको छ । जसमध्ये २ हजार २ सय ९ पशुको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांक अनुसार प्रदेशको सिन्धुलीमा सबैभन्दा धेरै २४ हजार ९० गाईभैंसीमा यो रोगको संक्रमण भएको छ भने सबैभन्दा कम रसुवामा २ सय ३० पशुमा लम्पीस्किन रोगको संक्रमण देखा परेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म ५९ हजार ५ सय ११ पुशमा यो रोग विरुद्धको खोप लगाइएको मन्त्रालयको दाबी छ । लम्पी स्किन रोगका कारण गण्डकीमा सात सय ४१ गाईवस्तुको मृत्यु भएको छ भने संक्रमितको संख्या ३० हजार ६ सय ५३ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
