निःशुल्क ट्युसन पढाएर विद्यार्थीको सिकाइमा सारथी बन्दै वडाध्यक्ष पौडेल

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको बिहानी समय विद्यार्थीहरुलाई शिक्षा दिनमै वित्छ । बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै पढ्न आएका एसईईको ग्रेड वृद्धि परिक्षा दिने तयारी गरेका विद्यार्थीहरुलाई अध्यापन गराउछन् ।

उनले धातिवाङ्ग माध्यमिक विद्यालयमा अध्ययन गरी ग्रेड वृद्धि गर्ने ८ जना विद्यार्थीहरुलाई नियमित अध्यापन गराँउदै आएका छन् । निःशुल्क रुपमा अध्यापन गराउँने वडा अध्यक्ष पौडेल भन्छन् “‘एसईईमा सोचेअनुसार नतिजा नआएपनि ग्रेड वृद्धि मार्फत थप ग्रेड वृद्धि गर्ने अवसर विद्यार्थीले प्राप्त गरेका कारण घरमै टिउसनको रुपमा अध्यापन गराउँन थालेको छु ।”

Advertisement

वडा अध्यक्ष पौडेलले अनिवार्य गणित र ऐच्छीक गणितको टिउसन पढाउँछन् । “समाजसेवा गर्नका लागी वडा अध्यक्षमा जनताले विजयी बनाएका हुन, विद्यार्थीहरुलाई आफुसँग भएको ज्ञान सिकाई आदानप्रदान गरेपछि विद्यार्थीहरुलाई हौसला बढाउँन टिउसन पढाउँन थालेको छु । गतवर्ष पनि विद्यार्थीहरुलाई टिउसन पढाएको थिए ।” वडा अध्यक्ष पौडेलले भने “यसवर्ष पनि विद्यार्थीहरुले पढाउँन भनेपछि बिहानको करिब ३ घण्टाको समय विद्यार्थीहरुसँग बिताउँछु ।”

२९ वर्षिय वडा अध्यक्ष दिनभर भने वडाकै काममा व्यस्त हुन्छन् ।

More News last news
Loading...