साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

काठमाण्डाै  । १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराएको हो।

नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे। आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । पाकिस्तान पनि प्रतियाेगिताबाट बाहिरिएको छ। साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।

Advertisement

समूह ‘ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।

More News last news
Loading...