एक दिवसिय विश्वकप क्रिकेट छनौटमा आज नेपाल र वेष्ट इन्डिज भिड्दै

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा आज (बिहीबार) नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ । नेपालले दुई पटकको एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजसँग विश्वकप छनोटमा पहिलो भेट गर्न लागेको हो

खेल बिहीबार दिउँसो जिम्बावेको हरारे स्पोर्टस् क्लबमा हुँदैछ । विश्वकपको छनोट खेलमा दुई खेल खेलेको नेपालले दुई अंक जोडेको छ। पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराउन सफल भयाे।

Advertisement

आज पहिलो पटक वेस्ट इन्डिसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्दैछ। विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । यो प्रतियोगिताबाट थप दुई देश विश्वकपमा छनोट हुनेछन्।

More News last news
Loading...