भोलि नेपालले २ पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै

काठमाण्डाै ।आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिताअन्तर्गत नेपालले भोलि बिहीवार निकै बलियो मानिएको वेस्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपाल र वेस्ट इन्डिज पहिलो पटक खेल्न लागेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो ।

वेस्ट इन्डिजले सन् १९७५ र १९७९ मा एकदिवसीय विश्व कप जितेकाे थियाे भने २०१२ र २०१६ मा टी–२० विश्व कप जितेकाे थियाे । नेपालका लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले बताएका छन् ।

Advertisement

छनाेट प्रतियाेगितामा आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित समूह ‘ए’ काे तालिकाको शीर्ष स्थानमा छ । समान २/२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र १ खेल खेलेको नेदरल्यान्ड्स पुछारमा छ । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

More News last news
Loading...