कुशलको शतकमा विश्वकप छनोटअघि ओमानमाथि नेपालको जित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअघि खेलिएको अभ्यास खेलमा बिहीबार नेपालले चिर प्रतिद्वन्द्वी ओमानमाथि दुई विकेटको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । खेल जिम्बाबेको हरारे स्पोर्टस क्लबमा खेलिएको हो ।

टस जिती पहिलो ब्याटिङको निर्णय लिएको ओमानले ४९.२ ओभरमा अलआउट हुनुअघि दुई सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४४.५ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

Advertisement

नेपालका लागि कुशल भुर्तेलले शतकीय योगदान गरे । ओपनर ब्याट्सम्यान भुर्तेलले एक सय एक रन बनाए । उनले ९४ बलको सामना गरी दुई छक्का र १३ वटा चौका पनि प्रहार गरे । उनी रिटायर्ड हर्ट भई मैदानबाट बाहिरिएका थिए ।

दोस्रो विकेटका लागि भुर्तेल र भीम सार्कीले एक सय १५ रनको साझेदारी गरेका थिए । सार्कीले ७४ बलको सामना गरी ५६ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । आसिफले २३ रनको योगदान गरे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन जोडे । कुशल मल्लले १७ रनको योगदान गरेका थिए । कप्तान रोहित पौडेलले ३१ रन बनाए ।

पहिलो ब्याटिङ गरेको ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पाली खेले । उनले एक सय ६ बलको सामना गरी एक सय नौ रन बनाए । मक्सुदको आक्रामक ब्याटिङसामु नेपालका बलर निरीह देखिएका थिए । सोइब खानले पनि ४८ बलको सामना गरी ३८ रन बनाएका थिए ।

More News last news
Loading...