४० करोडको निजी लगानीमा तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान शिलान्यास

काठमाण्डाै । रुपन्देहीकाे तिलोत्तमामा ४० करोड रुपैयाँकाे निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने भएकाे छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको आज शिलान्यास भएको हो ।

मैदान निर्माणका लागि करिब दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणकाे प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोद कुँवरले बताउनु भयाे । गएको दुई हप्ता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याइएकाे थियाे ।

Advertisement

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने याेजना रहेकाे कुँवरले बताउनुभयाे। एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रङ्गशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

More News last news
Loading...