बागमती सरकारले घटायो सवारी साधनको भाडा

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा दर घटाउने निर्णय गरेको हो ।

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ।

Advertisement

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार आज राजपत्रमा प्रकाशित भएपछि घटाइएको भाडादर लागू हुनेछ। काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९ प्रतिशत घट्ने छ।

यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने निर्णय गरेको छ।

More News last news
Loading...