काठमाण्डाै : एसिसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले कतारलाई ७ विकेटले हराएको छ । कतारले दिएको दुई सय १७ रनको लक्ष्य साउदीले ३४ ओभर २ बलमा तीन विकेटको क्षतिमा पूरा गर्याे ।
अब्दुल वाहिदले एक सय २४ रन बनाए । कतारका इक्रमुल्लाह खाले २ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कतारले ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै एक सय १६ रन बनायो ।
कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ४६ रन बनाए । साउदीका इस्तीक अहमदले ४ विकेट लिए । साउदीको यो पहिलो जित हो । कतारले लगातार दुई खेल हारेको छ । यो प्रतियोगितामा १० देश सहभागी छन् । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् ।
समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेताले फाइनल खेल्ने छ । फाइनलमा विजयी हुने टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
