आज ह्वात्तै बढ्यो कोरोना संक्रमण, २८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७ सय ६८ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआरबाट ४२७ र एन्टीजेन विधिबाट १३४१ नमुना परीक्षण गर्दा पीसीआरबाट ७१ र एन्टिजेनबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

बुधबार २८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।

More News last news
Loading...