काठमाण्डाै । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्षस्थानको लिभरपुललाई हराएको छ । सिटीले लिभरपुललाई ४–१ गोलले हराएको हो ।
१७औँ मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई अग्रता दिलाए पनि त्यसपछि ४ गोल खाँदै टिम पराजित भयो ।
सिटीका लागि अल्भारेज, केभिन डी ब्रुएइन, गुन्डोगान र ग्रिएलिसले गोल गरे । जितसँगै सिटीको ६४ अङ्क रहेको छ । शीर्ष स्थानको लिभरपुलको ६९ अङ्क छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
