काठमाडौँ l शनिवार देशभर ३८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घन्टामा गरिएको ६५६ जनाको नमुना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै हाल देशभर कोभिडका सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ। आज ७ जना संक्रमित संक्रमण मुक्त भएका छन्।
यस्तै, शनिवार ५१ हजार ९९८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमितको संख्या पुनः बढ्दै गएको छ। यसले गर्दा जनस्वास्थ्यका मापदण्डको पालना गम्भीरताका साथ पालना गर्न मन्त्रालयले आग्रह गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
