२४ घण्टामा चौरल बढ्यो कोरोना संक्रमण, बुस्टर डोज लगाउन मन्त्रालयको आग्रह

काठमाण्डाै l पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा एक सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप चार जना काेराेना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Advertisement

नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको हाे । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते ६९ जनामा सङ्क्रमण देखिएको थियो । हिजोको तुलनामा आज थपिएका संक्रमितको संख्या झण्डै चौरल बढी हो ।

काेराेना सङ्क्रमण बढेसँगै मन्त्रालयले अतिरिक्त मात्रा (बुस्टर डाेज) लगाउन आग्रह गरेकाे छ । अहिले काठमाण्डाै उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो ।

More News last news
Loading...