बन्दीपुर केबलकारले आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट

काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले सो आईपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। अब बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ निष्कासनको कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ।

Advertisement

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन्।

नेपाल एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

More News last news
Loading...