काठमाडौं । जापानमा हुने कोपा टरेरोस इन्टरनेशनल कप टोक्यो नेसन्स कप फुटबलमा सहभागी हुने यू–१२ नेपाली टोली जापान प्रस्थान गरेको छ। मंगलबार राति नेपाली टोलि जापान प्रस्थान गरेको हो ।
प्रतियोगितामा एशिया र अमेरिका गरी ४० भन्दा बढी टिमको सहभागिता रहने छ । नेपालको प्रतिनिधित्व गर्दै जापान जाने खेलाडीहरु पूर्व खेलाडी बसन्त गौचनले पोखरामा स्थापना गरेको एकेडेमीका हुन्।
मंगलबार नै १२ वर्षमूनिका खेलाडीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा भएको एक कार्यक्रममा सफलताको शुभकामना दिँदै नेपाली टोलीलाई बिदाइ गरेका छन् ।
यसअघि अखिल नेपाल फुटबल संघ एन्फाले पनि बिदाइ गरेका यू १२ खेलाडीहरुलाई विदाई गरेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
