मेस्सी फेरि बार्सिलोना फिर्ता हुने संकेत, अगुएरोले खोले राज

एजेन्सी l अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको भविष्य अझै अनिश्चित छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता छिट्टै सकिँदैछ। पिएसजी र मेस्सी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिन लागेको हो। पिएसजीसँगको पहिलो सिजनमा मेस्सीले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। दोस्रो सिजन भने मेस्सीका लागि ठीक तहक रह्यो। तर च्याम्पियन्स लिगमा भने उनको प्रदर्शन खास रहेन।

पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएसंगै मेस्सीले पिएसजी छाड्न सक्ने चर्चा सुरु भएको छ। पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएसँगै मेस्सीले आफ्नो निर्णय परिवर्तन गरेको चर्चा भैरहेको छ। यति बेला उनी बार्सिलोना फिर्ता हुने पनि चर्चा गरिन थालेको छ। क्याटलान क्लब बार्सिलोना तथा अर्जेन्टिनाका पूर्व खेलाडी सर्जियो अगुएरोका अनुसार मेस्सी बार्सिलोना फिर्ता हुन सक्ने सम्भावना छ।

Advertisement

एक मिडियासँग कुराकानी गर्नेक्रममा अगुएरोले मेस्सी बार्सिलोना फिर्ता हुन सक्ने सम्भावना रहेको बताएका हुन्। हालसालै एक अन्तर्वार्ताका क्रममा अगुएरोलाई के मेस्सी बार्सिलोना फिर्ता हुन सक्ने सम्भावना छ भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा मेस्सी बार्सिलोना फिर्ता हुन सक्ने ५० प्रतिशत सम्भावना रहेको बताएका हुन्।

उनले भने,”मेरो अनुभूति अनुसार लियो मेस्सी बार्सिलोनामा फर्कने सम्भावना ५०% सम्भावना छ।” अगुएरोले बार्सिलोना मेस्सीको घर रहेको कारण पनि उनी बार्सिलोना फिर्ता हुन सक्नेछन्। मेस्सीले अन्यत्र भन्दा पनि बार्सिलोनामा खेल जीवनको अन्त्य गर्नुपर्ने बताए। “मलाई लाग्छ कि लियोले बार्सिलोनाबाट सन्यास लिनुपर्छ। बार्सिलोना उनको घर हो, उनले आफ्नो करियर यहीं समाप्त गर्नुपर्छ । लापोर्टाले लियोलाई फिर्ता ल्याउन प्रयास गर्नुपर्छ।”,अगुएरोले भने।

More News last news
Loading...