काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपाल समूह ए मा परेको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले बिहीबार घोषणा गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वी पाएको हो। बैशाख ५ गतेबाट नेपालमा हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्नेछ।
१० राष्ट्रको सहभागीता रहने प्रतियोगिताको समूह ए मा नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । हरेक समूहका शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
उपाधि विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।
नेपाललाई विजेता बनेर एसिया कप खेल्ने सुन्दर अवसर रहेको छ । नेपालले यसअघि एक दिवसीय विश्वकपमा सिधै छनोट खेल्ने अवसर पाएको छ भने शीर्ष पाँचभित्र रहेर एक दिवसीय मान्यतालाई कायमै राखेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
