संक्रमणकालीन विधेयक र विश्वासको मतमा १० दल एकै ठाउँ

काठमाडौं । १० दलीय सत्तारुढ गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधानमन्त्रीको विश्वासको मतमा एक हुने निर्णय गरेको छ।

शनिबार साझ प्रधानमन्त्री पु्ष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठकले सरकारले आईतबार संसद्‍मा प्रस्तुत गर्न लागेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयक र सोमबार प्रधानमन्त्री दाहालको विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Advertisement

यस्तै, बैठकमा विश्वासको मतपछि मन्त्रिपरिषद् पूर्णताको विषयमा पनि छलफल भएको बताइएको छ।

More News last news
Loading...