उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्।

राष्ट्रपतिको मतपरिणाम घोषणापछि संसद् भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका हुन्।

Advertisement

उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं। एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ।’

More News last news
Loading...