राष्ट्रपति निर्वाचनको मतगणना सुरू, ७ बजेसम्म गणना सकेर घोषण गर्ने तयारी

काठमाडौं । राष्ट्रपति निर्वाचन सकिएसँगै मतगणना सुरू भएको छ । निर्वाचन आयोगले संघ र प्रदेश सभातर्फको छुट्टाछुट्टै स्थलबाट गणना थालेकोले ७ बजेसम्म निर्वाचन उमेद्वार घोषणा गर्ने आयोगको तयारी छ ।

राष्ट्रपतिमा सत्तागठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतगणनामा पौडेलको कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्तौलालाई प्रतिनिधि बनाएका छन् । मतगणना ७ बजेभित्रै सकेर आजै विजेतालाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी छ ।

Advertisement

निर्वाचन आयोगले जनाएअनुसार ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

More News last news
Loading...