नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही सेवाबाट बर्खास्त भएका छन्। सैनिक अदालतले शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने सजाय सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कोर्ट अफ इन्क्वाइरीपछि सैनिक मुख्यालयले उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा सैनिक अदालत गठन गरेको थियो । यो मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ।

Advertisement

More News last news
Loading...