राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई जिताउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो ।

Advertisement

केन्द्रीय कार्यालयका अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुर र बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का तथा सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको छ ।

राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन्।

More News last news
Loading...