राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ। त्यस्तै, मंगलबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

राष्ट्रपति निर्वाचनका लागि गत शनिबार कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवास नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभएको थियो। दुवै उम्मेदवार विरुद्ध कुनै पनि उजुरी नपरेको पनि आयोगले जनाएको छ ।

Advertisement

निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनका लागि प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

More News last news
Loading...