सुवास रेग्मी पक्राउ पर्नुको रहस्य खुल्दै, कहाँ छन् गायक सत्य र स्वरुप ?

काठमाडौं । विन्ध्यावासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्रउबारे भित्री रहस्य खुल्न थालेको छ । ४ जना कलाकारको उजुरीपछि पक्राउ परेका रेग्मी अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई साइबर क्राइमको अभियोगमा पक्राउ गरेको थियो।  प्राप्त सूचना अनुसार करिब ६ महिना अगाडि फेसबुकमा लेखेको स्टाटसको आधारमा सुवास पक्राउ परेका हुन् ।

गीतकार संघका तत्कालीन सचिव महेश आचार्यले एउटा अनलाइनमा गत असार महिनामा एउटा अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तामा उनले संगीत रोयल्टी संकलन समाजको कार्यसमितिलाई भ्रष्टाचारी र अवैधानिक एवं नैतिकहिन भएको कुरा उल्लेख गरेका थिए । यसको प्रतिउत्तरमा समाचारको लिंक समेत आफ्नो फेसबुक वालमा शेयर गर्दै संगीत रोयल्टी संकलन समाजका पुर्व उपाध्यक्ष एवं कार्यसमिति सदस्य समेत रहेका सुवास रेग्मीले केही अपशब्द लेख्दै पोष्ट गरेका थिए । सुवासको पोष्टको सार्वजनिक आलोचना भएसँगै केही समयपछि सुवासले उक्त पोष्ट हटाएका पनि थिए ।

Advertisement

सुवास र महेशबीचको झगडा एउटा अन्तर्वार्ताको विषयमाथि भएको थियो, जसमाथि अपशब्द प्रयोग भएपछि सुवासले स्टाटस हटाए । तर, त्यही विषयलाई लिएर अहिले प्रहरीले उनलाई पक्राउ गरेको छ ।

अधिवक्ता गणेश कुमार शर्माले भने विद्युतीय कारोबार ऐनअनुसार कसैले विद्युतीय माध्यम प्रयोग गरेर चरित्रहत्या गरेको पाइएमा ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने बताउँछन् । तर, सुवास भने त्यो स्टाटस लेखेको १ सय २० दिनभन्दा बढी समयपछि पक्राउ परेका छन् । अधिवक्ता शर्मा भन्छन्, ‘कानुनतः विद्युतीय अपराधमा ९० दिनभित्र उजुरी गर्नुपर्छ, त्योभन्दा बढी समय भएपछि उजुरी गर्न मिल्दैन वा प्रहरीमा दर्ता हुँदैन ।’

नेपाली संगीत क्षेत्रमा विगत २० बर्षदेखी अनवरत रुपमा संगीत व्यवसायी, गीतकार, संगीतकार, गायक, कलाकार र निर्देशकको भुमिकामा क्रियाशील रहेका रेग्मीले विभिन्न अवार्ड, सम्मान, एकल सांझ लगायतका सामाजिक कामहरु पनि गर्दै आएका थिए ।

यही शिलशिलामा थाइल्यान्ड भ्रमणमा रहेका बेला रेग्मीविरुद्ध साइबर क्राइममा जाहेरी दर्ता भएको थियो । अनुसन्धानको क्रममा २ पटक म्याद थप भएर अहिले उनी प्रहरी हिरासतमा छन् । संस्थागत गालिगलौज, भनाभन र समाचारका बिषयमा दुई संस्थाका पधादिकारीबीच भएको जुहारीलाई साइबर क्राइममा जाहेरी दर्ता गरेर पक्राउ गरेको भन्दै रेग्मीका शुभचिन्तकले आक्रोश पनि पोखिरहेका छन् ।

गायक सत्य र स्वरुप कहाँ छन् ?

सुवास पक्राउपछि गायक तथा संगीतकारद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको पनि खोजी भएको छ । भजन शिरोमणी भक्तराज आचार्यको नाम, मर्यादा, गरिमा र सामाजिक इज्जतको दुरुपयोग गरेर सत्य र स्वरुपले सुवासलाई लामो समय हिरासतमा राख्न खोजेको भन्दै उनीहरुको खोजी भएको हो ।

स्रोतका अनुसार जाहेरी दरखास्तमा घट्नासम्बन्धी जान्नेसुन्नेमा सत्य र स्वरुपको नाम उल्लेख छ । त्यसैको आधारमा प्रहरीले साक्षी बकपत्रका लागि पटक–पटक बोलाउँदा पनि बकपत्रका लागि आउन आलटाल गरेका छन् ।

सत्य र स्वरुपले अस्वभाविक आलटाल गरेसँगै उनीहरुलाई सुवासका आफन्तले पनि खोजी गरिरहेका छन् । प्रहरीले पनि उनीहरुलाई तारन्तार बोलाइरहेका छन् । सुवासका आफन्तले भने सुवासको हिरासत अवधी बढाउनका लागि सत्य र स्वरुपले बयान दिन आलटाल गरेको आरोप लगाएका छन् ।

More News last news
Loading...