प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण कतार, फागुन २० गते जाने तय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो विदेश भ्रमण कतार हुने भएको छ। प्रधानमन्त्री दाहाल फागुन २० गते कतार जाने निश्चित् भएको उनको सचिवालयले जनाएको छ । उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन दोहा जाने भएका हुन् । दुई दिने भ्रमणको लागि उनी त्यसतर्फ जान लागेका हुन् । उनी फागुन २२ गते नै काठमाडौं फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने खुलासा गरेका थिए। योबीचमा भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पनि नेपाल भ्रमण गरेका थिए। उनले प्रधानमन्त्री दाहाललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिने बताएका थिए।

Advertisement

प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ। प्रधानमन्त्री दाहालले आजमात्रै विदेश मामिला सल्लाहकारमा डा. रुपक सापकोटालाई नियुक्त गरेका छन् । सापकोटाले चीनको प्रसिद्ध विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्।

More News last news
Loading...