काठमाडौं । इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्य एयरलाइन्सको जहाज फिर्ता भएको छ । मंगलबार बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्नका लागि धावनमार्ग नजिकै पुगेको सौर्यको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको हो।
एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो । तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलले जनाएको छ ।
तर, जहाजमा के समस्या देखिएको हो भन्नेबारे परीक्षणपछि मात्र थाहा हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
