भोलि (बिहीबार) पनि बिदा

काठमाडौँ । सरकारले भोलि फागुन ४ गतेका लागि सार्बजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा सरकारले भोलि (बिहीबार) का लागि सार्बजनिक बिदा दिएको हो।

‘गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८/१२/१८ गते बसेको बैठकको निर्णयानुसार गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा २०७९ साल फागुन ४ गते बिहीबारका दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था एवं शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

Advertisement

फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन्। विभिन्न दिवस, पर्व र शनिबार सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको थियो । ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा छ। गण्डकी प्रदेशमा फागुन ४ को विदासहित यो महिना १२ वटा विदा परेका छन् ।

मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए पनि अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन्। यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ। फागुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा सार्वजनिक बिदाको संख्या १२ पुग्नेछ।

More News last news
Loading...