काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलबार शुरु हुने त्रिकोणात्मक श्रृंखलामा जित्नकै लागि नेपाली टोली तयार रहेको बताएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता शुरु हुनुअघि गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन्।
एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देसाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको पौडेलले बताए।
प्रशिक्षक देसाईको प्रशिक्षणमा टोली राम्रो भएको उनले बताए। घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको सदुपयोग गर्ने पनि उनले बताए। नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनमा आफूले खेलाडीमा भएको क्षमता अझ निखार्न प्रयास गरेको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
