काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी दुरुपयोग गरेको भन्दै परेको उजुरीमा राहदानीको प्रमाण संकलन सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मागेको हो। लामिछानेले पासपोर्ट दुरुपयोग गरेको भन्दै अभिवक्ता युवराज पौडेल सफलले जोहरी हालेका थिए।
पौडेलले लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै जाहेरी दिएका हुन सो जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेको नागरिकता र राहदानीलगायतका कागजात मगाएको हो।
सरकारी वकिलको कार्यालयले सिडिओ कार्यालयबाट जारी भएको नागरिकता र राहदानी विभागबाट जारी भएको राहदानीका साथै अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएको छ । ती सबै कागजात प्राप्त भएपछि अध्ययन सुरु गरिने अधिकारीहरुले जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
