३० दिनमै ढल्यो सुदूरपश्चिम सरकार, अब कांग्रेसले मुख्यमन्त्री पाउने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको प्रस्ताव बहुमतले अस्विकृत भएको छ। प्रदेशसभा बैठकमा सहभागी बहुमत सांसद्‍हरुले मुख्यमन्त्री रावलले मागेको विश्वासको मतको विपक्षमा हुँदा रावल नेतृत्वको सरकार ढलेको हो।

ध्वनी मतका आधारमा मुख्यमन्त्री रावलको प्रस्ताव अस्विकृत भएको हो। प्रदेश सरकार गठन भएको ३० दिनमै सरकार ढलेको हो। विश्वासको मतका लागि प्रदेशमा पहिलो पटक प्रदेश सभा बैठक आज नै राखिएको थियो। एमालेबाट मुख्यमन्त्री चुनिएका रावल माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

Advertisement

प्रेदशसभामा सरकार निर्माणका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा उनको मुख्यमन्त्रीको पद गुमेको हो। आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद्‍को उपस्थिति रहेको थिएन। मुख्यमन्त्री रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने आज अन्तिम दिन रहेको थियो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना सांसद छन्। सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्छ।

सुदूरपश्चिम सरकारको नेतृत्व अब कांग्रेसले गर्ने

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस आउने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ३० दिनमै ढलेको छ । गत पुष २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, विश्वासको मत दिने बेलामा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित् भएपछि रावल नेतृत्वको सरकार ३० दिनमै ढलेको हो ।

संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । सुदुरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो।

More News last news
Loading...