काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । कांग्रेसबाट धोका पाएको भन्दै प्रधानमन्त्री बनाउन बालकोट दरबारको ढोढा ढकढकाएका प्रचण्ड पछिल्लो समय भने सत्ता गठबन्धनबाट टाढिँदै गएका छन् ।
अझै भनौँ, सभामुखको निर्वाचनपछि सहमतिमा राष्ट्रपति बनाउने घोषणा गरेका प्रचण्ड यतिबेला कांग्रेस सभापति शेर बहादुर देउवासँग नजिकिएका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दललाई भन्दा बढि भाउ नेपाली कांग्रेसलाई दिन थालेको चर्चा सुरु भएको छ । २६ पुषमा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको पनि मत पाएका थिए ।
सदनमा अभूतपुर्व मत हाँसिल गरेका दाहाल भने सरकार सञ्चालनमा दबाब महशुस गर्न थालेका छन् । राष्ट्रपतिको निर्वाचनमा एमालेले आफ्नो उम्मेदवार विजयी हुने दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री दाहाल भने राष्ट्रपतिको निर्वाचनमा समझदारी कायम गरेर जाने पक्षमा छन् । उनले राष्ट्रपतिको निर्वाचनमा साझा सहमति खोज्ने भन्दै एमालेका उम्मेदवारलाई सहयोग नगर्ने संकेत गरेका छन् ।
दाहालको पछिल्लो अभिव्यक्तिलाई लिएर एमाले नेतृत्व पँक्ति पनि सशंकित बनेको छ । आइतबारको संसद् बैठकमा सत्ता गठबन्धनमा खट्पट् सुरु भएको संकेत विशेष समयमा बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गरिसकेका छन् । उनले कांग्रेसलाई राजनीतिक अस्थिरता निम्त्याउने काम नगर्न चेतावनी दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
