पाइलटले दैनिक ८ घन्टा उडान र ८ पटक अवतरण गर्न पाउने व्यवस्था लागू गरिँदै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आउँदो ग्रीष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो ।

हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनका लागि हवाई उडानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको बताउनुभयो । विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको प्राधिकरण स्रोतले जनाएको छ।

Advertisement

प्राधिकरणका अनुसार, ‘सिकागो सम्मेलनको मापदण्ड बमोजिम ३-३ वा ६-६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनका लागि परिर्माजन गर्ने गर्छौँ । हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन के-के गर्न सकिन्छ भनेर हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँग छलफल गरेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार काम गरिरहेका छौँ।’

More News last news
Loading...