काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डामा परेको गृह मन्त्रालय आफूहरूलाई दिनुपर्ने अडान लिँदै आइरहेको छ।
तर, प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको नागरिकता र पासपोर्टको विवाद नसल्टिएकाले तत्काल गृह मन्त्रालय आफूसँगै राख्दै जवाफ दिँदै आइरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
