सरकारी सर्भरमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ । सर्भरमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान अवरूद्ध भएका छन्। शनिबार दिउँसो सरकारी सर्भरमा समस्‍या आएको हो। हाल सबै सरकारी वेबसाइटहरू अवरूद्ध छन्।

करिब एक घन्टादेखि उक्त समस्या आइरहेको हो। जसले गर्दा अध्यागमन विभागको वेबसाइट पनि खुलेको छैन। त्यसले गर्दा अन्तर्राष्ट्रिय उडानहरू पनि प्रभावित भएको अध्यागमन विभागले जनाएको छ।

Advertisement

यसरी सर्भरमा समस्या आउँदा यात्रुहरू अलपत्र परेका छन्। राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले अहिले सर्भर बनाउने काम गरिरहेको छ।

More News last news
Loading...