काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्णप्रसाद चुँडाललाई पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुँडाललाई पक्राउ गरेको हाे ।
चुँडाललाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको स्राेतकाे भनाइ छ।
चुडाललाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे।
उहाँका अनुसार चुडालले लिएकाे घुस रकम गणना भइरहेकाे छ । केहीबेरमा विज्ञप्ति जारी गरी विस्तृत जानकारी दिने प्रवक्ता भण्डारीले बताउनु भयाे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
