फेरी बन्द भयो रसुवागढी नाका

काठमाडौं । रसुवागढी–केरुङ नाका माघ २० गतेसम्मका लागि बन्द भएको छ । चीनले नयाँ वर्षका लागि भनेर आगामी फेब्रुअरी ३ सम्म नाका बन्द गरेको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार करिब एक महिना अवधिमा नेपालबाट अहिलेसम्म करिब छ करोड बराबरको ३९ कन्टेनर सामान चीनतर्फ गएको छ ।

Advertisement

चीनबाट भने दैनिक १४ कन्टेनर सामान नेपाल आउने गरेकोमा आजबाट त्यो पनि बन्द भएको छ। कोभिड महामारीपछि ठप्प प्रायः रहेको उक्त नाका गत पुस दोस्रो साताबाट खुलेको थियो तर नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन ।

नेपालमा ०७२ सालको भूकम्प र चीनबाट फैलिएको कोरोना महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ ।चालु आर्थिक वर्षको पाँच महिना अर्थात् गत मङ्सि र मसान्तसम्ममा तातोपानी भन्सारबाट रु चार अर्ब ४२ करोड २४ लाख २३ हजार बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ ।

More News last news
Loading...