काठमाडौं । प्रतिनिभिसभाको उपसभामुखका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारूढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरूले शुक्रबार संघीय संसद् सचिवालमा छुट्टाछुट्टै पुगेर मनोनयन दर्ता गरेका हुन्। रानालाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्।
त्यस्तै, यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
