सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभामा बिहीवार सभामुख चुनिएका घिमिरेले शीतल निवासमा शुक्रवार विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बिहीवार मत विभाजन हुँदा घिमिरेले १६७ मत पाएका थिए । उनको विपक्षमा १०० र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको थियो । सभामुखको शपथअघि घिमिरेले एमालेसँगको दलीय आबद्धता त्यागेका थिए ।

Advertisement

सभामुख भएपछि सम्बन्धित दलबाट राजीनामा दिने प्रचलन छ । घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

More News last news
Loading...