प्रतिनिधिसभाको ९औँ सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे।

सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ भने हुन्न भन्ने पक्षमा सय मत र दिन्न भन्ने पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए। घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए।

Advertisement

घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन्। यसअघि कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा सभामुख निर्वाचित भैसकेका छन्।

More News last news
Loading...