दुर्घटनाग्रस्त विमानमा लोकगायिका पनि भएको पुष्टी, फेसबुकमा रहेछ यस्तो स्टाटस्

काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा लोकप्रिय लोकदोहोरी गायिका निरा छन्त्याल पनि रहेको बताईएको छ। काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि सेती नदीको खोँचमा दुर्घटनामा परेको हो।

उनले आइतबार बिहान १० बजे सामाजिक सञ्जाल फेसबुकमा माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेकी थिईन्। उनले लेखेकी छिन् – ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Advertisement

गायिका छन्त्यालले शनिबार बेलुकी काठमाडौंमा माघी सकिएको र अब पोखरामा रमाइलो गर्ने भन्दै स्ट्याटस लेखेकी थिईन्। उनले लेखेकी छिन् – ‘छन्त्याल भवन काठमाडौं को माघि सकियो अब भोलि पोखरा मा रमाइलो गर्नु पर्छ।’ कार्यक्रम तालिकाअनुसार आज दिउँसो १२ बजे पोखरामा उनको कार्यक्रम थियो। उनको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी उपलब्ध छैन।

 

 

More News last news
Loading...