यी हुन एमाले र माओवादीबाट मन्त्री बन्ने चर्चामा रहेका भाग्यमानी नेताहरु

काठमाडौं । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसकेका छन्। उनले प्रधानमन्त्रीमा नियुक्तहुँदा नै सानो संख्यामा मन्त्रिपरिषद् विस्तार गरेपनि बाँकि मन्त्रिपरिषद् विश्वासको मतपाएपछि मात्रै विस्तार गर्ने बताएका थिए। सम्भवत: प्रधानमन्त्री प्रचण्डले अब २/३ दिन भित्रमा मन्त्रिपरिषद् विस्तार गर्नेछन्।

यसैबीच नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बाट क-कसले मन्त्री पाउने भन्ने बारे चर्चा चलिरहेको छ। एमालेबाट विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। यस्तै एमालेबाटै मन्त्रीमा नियुक्त भएका तर बिना विभागियका मन्त्रीकारुपमा दामोदर भण्डारी, ज्वालाकुमारी शाह, राजेन्द्रकुमार राई रहेका छन्।

Advertisement

अब मन्त्रिपरिषद् विस्तार हुँदा उनीहरुले पनि भागमा परेको मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। अब मन्त्री बन्ने चर्चामा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव रघुवीर महासेठ र टोपबहादुर रायमाझी रहेका छन्। यस्तै छविलाल विश्वकर्मा, ईश्वरी रिजालको नामपनि मन्त्री बन्ने चर्चामा रहेको छ।

यता माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।यस्तै माओवादी केन्द्रबाट शक्ती बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, महेन्द्रराय यादव, माधव सापकोटा, हितबहादुर तामाङ् र सुदन किराती मन्त्रीबन्नेमा चर्चामा रहेका छन्। माओवादीले बढीमा ५ मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ।

More News last news
Loading...