काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्टको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति आफ्नो निम्ति प्रिय हुनुपर्नेमा जोड दिएका छन्। ३०१औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्।
उनले वर्तमान अवस्थामा नेपाल र नेपाली धेरै नै परा मुखी, परनिर्भर र परावलम्बी हुँदै गएको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्-“हामी चाहन्छौं देश आफ्नै बाहुबलमा अघि बढोस, राष्ट्र आफ्नो मौलिक मान्यतामा अघि बढोस, सबै यत्न प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रकृयाबाट अघि बढोस।”

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
