भोलि विश्वासको मत दिन अनिवार्य उपस्थित हुन सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेले विश्वासको मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।

संसद बैठक सुरु हुनुअघि आज बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

Advertisement

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेको बैठकमा ओलीको भनाइ थियो ।

 

More News last news
Loading...