पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस गएराति करिव साढे ९ बजे राधादी गैरामा दुर्घटना भएको हो ।
दुर्घटना ६ जना महिलाको ज्यान गएको छ। उनीहरु एकै गाउँका रहेका छन् । दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ घाइते भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
