बागमतीमा सरकार बनाउन कांग्रेस, समाजवादी र राप्रपाको कसरत, फकाउँदै एमाले–माओवादी

हेटौंडा । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ।

केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ। यसअघि कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवादी सत्ताको खेलबाट आउट भएका छन्।

Advertisement

केन्द्रमा बनेको नयाँ समीकरणअनुसार प्रदेशमा पनि नेकपा एमाले, माओवादी र राप्रपाको संयुक्त सरकार बन्ने स्थिति देखिएको छ। तर, केन्द्रसँगै ७ वटै प्रदेशमा सत्ता गुमाएको कांग्रेस र समाजवादीले राप्रपालाई फकाएर बागमती प्रदेशमा सरकार गठनको लागि पहल गरिरहेको छ।

११० सदस्यीय बागमती प्रदेशसभामा कुनैपनि दलको एकल बहुमत छैन। त्यसैले प्रदेशमा सरकार गठनको लागि दलहरुबीच समीकरण गर्नु बाध्यता छ।

More News last news
Loading...