प्रभु साहले आफ्नै नेतृत्वमा गठन गरे आम जनता पार्टी

काठमाडाैं l स्वतन्त्र सांसद प्रभु साहले आफ्नै नेतृत्वमा आमजनता पार्टी घोषणा गरेका छन् । राजधानीको एक होटलमा बिहीवार विशेष कार्यक्रम गरी साहले नयाँ पार्टी घोषणा गरेका हुन् । सो अवसरमा ५१ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ ।

माओवादी पृष्ठभूमिका साह नेकपा विभाजनका क्रममा एमालेमै बसेका थिए । चुनावअघि एमालेको टिकट होल्ड गरी स्वतन्त्र उम्मेदवारी दिएका साह रौतहट– ३ बाट निर्वाचित भएका हुन् । उनलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो ।

Advertisement

More News last news
Loading...