नेयमारले रातो कार्ड खाएको खेलमा पीएसजीको संघर्षपूर्ण जित

एजेन्सी l फ्रेन्च लिग वानमा पीएसजीले रेलिगेसन जोनमा संघर्षरत रहेको स्टारवर्गमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ। नेयमारले रातो कार्ड खाएको खेलमा लिगमा शीर्ष स्थानमा फराकिलो अग्रता कायम राख्न केलिएन एम्बाप्पेले निर्णायक गोल गरे।

घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीले ७१ प्रतिशत बल पोसेसन राखे पनि जित निकाल्न निकै संघर्ष गर्नु पर्‍यो। १४औं मिनेटमा मार्किन्हसले नेमारको फ्रि किकलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। तर ५१औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि स्टार्सवर्गले खेललाई १–१ गोलको बराबरीमा ल्यायो।

Advertisement

त्यसपछि दुई मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै नेमार मैदानबाट बाहिरिदा पीएसजी दबाबमा परेको थियो। ६१औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका नेयमारले त्यसको एक मिनेटपछि नै पेनाल्टी बक्समा अनावश्यक डाइभ गरेको भन्दै रेफ्री क्लेमेन्ट टुर्पिनले अर्को पहेँलो कार्डसहित उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाए।

त्यसपछि पनि पीएसजीले पाहुना टोलीमाथि लगातार दबाब सिर्जना गरिरह्यो। बराबरी उन्मुख बनेको खेलमा इन्ज्युरी समयको थप गरिएको छैटौँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए। पेनाल्टी बक्समा न्याम्सीले फउल गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टीको मौका दिएका थिए।

More News last news
Loading...